शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शर्मिला वाइबा (राई) लाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भई काठमाडौं बस्ने ३५ वर्षीय शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र चाँगुनारायण बस्ने ४२ वर्षीय बाबु भन्ने कुवेर सिलवाल रहेका छन् । 

वैशाख ३ गते बुलुका ५ बजे गोठ्ठाटार पहेँलो पुल नजिकै मन्दिर अगाडी शर्मिला वाईवालाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको भनी प्रहरी वृत्त बानेश्वर काठमाडौंमा ज्यान मार्ने उद्योग कसूरमा जाहेरी दरखास्त दर्ता भएपछि उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउको आदेश दिएको थियो । 

वारदात पश्चात् फरार रहेका उनीहरूमा शर्मिलालाई ललितपुर महालक्ष्मीबाट र कुवेरलाई भक्तपुर चाँगुनारायणबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको हो । 
 
उनीहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ५८ बजे

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु