दशरथ रंगशालामा रोबर्टो कार्लोसको फ्री किक (तस्बिरहरू) « Khabarhub

दशरथ रंगशालामा रोबर्टो कार्लोसको फ्री किक (तस्बिरहरू)


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा विश्वकप २००२ विजेता एवम् ब्राजिलका सर्वकालीन महान् फुटबलर रोबर्टो कार्लोस नेपाल सुपर लिग (एनएसएल) सिजन हेर्न दशरथ रंगशाला पुगेका छन् ।

जारी प्रतियोगिताको क्वालिफायर २ अवलोकन गर्न उनी बुधबार साँझ दशरथ रंगशालामा उपस्थित भ। विशेष अतिथिका रूपमा नेपाल आएका उनले दशरथ रङ्गशालामा फ्री किक पनि हानेका छन् ।

खेल इतिहासमा सबैभन्दा आक्रामक सोच भएका लेफ्ट–ब्याक र इतिहासकै उत्कृष्ट फुल–ब्याकमध्ये एक खेलाडीका रुपमा चिनिन्छन् । उनको वास्तविक नाम रोबर्टो कार्लोस दा सिल्भा रोचा हो । उनी ‘आरसी३’ का नामले समेत चिनिन्छन् ।

यस्तै रोबर्टो कार्लोसलाई उनको करियरभरि ‘एल होम्ब्रे बाला’ उपनाम दिइएको थियो । उनको शक्तिशाली बेन्डिङ शट र फ्री किकका लागि उनी प्रसिद्ध छन् । जुन प्रतिघण्टा १०५ माइलभन्दा बढीको गतिमा मापन गरिएको छ ।

रोबर्टो कार्लोस विशेष गरी ३ जुन १९९७ मा टुर्नोई डे फ्रान्सको उद्घाटन खेलमा फ्रान्सविरुद्ध ४० यार्डको दूरीबाट झुकेको फ्रीकिकको लागि प्रसिद्ध छन् ।

यस्तै १६ जनवरी २०११ मा रोबर्टो कार्लोसले पोर्चुगेसाविरुद्धको खेलमा कर्नर किकबाट सिधै प्रभावशाली गोल गरेर चर्चा कमाए । उनले ब्राजिलको राष्ट्रिय टोलीका लागि १२५ खेल खेले । जसममा ११ गोल गरे ।

रोबर्टो कार्लोस ब्राजिलको प्रतिनिधित्व गर्दै तीन फिफा विश्वकप, चार कोपा अमेरिका, १९९७ फिफा कन्फेडेरेसन कप र १९९६ को ओलम्पिक खेलकुदमा सहभागी भए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : ४२ बजे

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई

तिलिचो ताल पदमार्गमा ५० पर्यटक अट्ने आश्रयस्थल निर्माण

मुस्ताङ-  तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ

कङ्गोमा इबोला प्रकोप तीव्र, ५८० जनाको मृत्यु

किन्शासा- कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा इबोला प्रकोप अझै तीव्र बन्दै