कश्मीरमा चरमपन्थीसँग भिडन्त, भारतीय सेनाका एक जवान मारिए « Khabarhub

कश्मीरमा चरमपन्थीसँग भिडन्त, भारतीय सेनाका एक जवान मारिए


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- जम्मु-कश्मीरको उधमपुरमा भारतीय सुरक्षाबल र चरमपन्थीबीच मुठभेट हुँदा एकजना सैनिक जवान मारिएका छन् ।

भारतीय सेनाको व्हाइट नाइट कोरले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यसबारे जानकारी दिएको छ ।

‘हाम्रा एक बहादुरलाई मुठभेटमा गम्भीर चोट लागेको थियो। चिकित्सकको अथक प्रयासका बावजुद उनको निधन भएको छ’, भारतीय सेनाले भनेको छ ।

अहिले पनि त्यस क्षेत्रमा भिडन्त जारी रहेको छ ।

जम्मू-कश्मीर पहलगाममा मंगलबार चरमपन्थी हमला हुँदा एकजना नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए । त्यतिकै संख्यामा पर्यटकहरू घाइतेसमेत भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १२ : ०४ बजे

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

उदयपुर– त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ ।

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति