लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : कार्यवाहक सभापति खड्का « Khabarhub

लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : कार्यवाहक सभापति खड्का


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांंग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै यसको रक्षार्थ सबै एकजुट हुनुपर्ने बताएका छन् । 

लोकतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यस ऐतिहासिक दिनका अवसरमा वीर योद्धाहरूको साहस, संकल्प र बलिदानको धरोहरका रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रण गर्न आग्रह गरे। उनले लोकतन्त्रको मूल्य र मान्यतालाई संरक्षण गर्न सबै सजग र सचेत रहन आग्रह गरे।

कावा सभापति खड्काले विसं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि २०६२-६३ सालमा कांग्रेस नेतृत्वमा अन्य राजनीतिक दलहरूद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले विसं २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गरे। 

कावा सभापति खड्काले राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि पटक–पटक भएका क्रान्ति, सङ्घर्ष र आन्दोलनमा जीवन उत्सर्ग गर्ने वीर सहिदहरूको समर्पण, साहस र बलिदानको स्मरण र सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरे। 

यो परिवर्तनसँगै मुलुकमा नेपाली नागरिकको चाहना अनुरूप आफ्ना जनप्रतिनिधिद्वारा संविधानसभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको संविधान जारी भएर कार्यान्वयन भइसकेको उल्लेख गर्दै उनले संविधान दि`एका अधिकारको सुदृढीकरण गर्दै मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउने जिम्मेवारी सबैको काँधमा आएको बताए ।
 
युगान्तकारी परिवर्तन गर्ने वैशाख ११ को यो ऐतिहासिक दिनलाई सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउनुपर्नेमा कावा सभापति खड्काले जोड दिए। 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १२ : ३२ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट