कैदीबन्दीलाई सिलाइकटाइ तालिम « Khabarhub

कैदीबन्दीलाई सिलाइकटाइ तालिम


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरुको सीप क्षमता विकास,  आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो ।

पर्यटन तथा उद्योग कार्यालयको आर्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनीले जानकारी दिए । कारागारभित्र कुल १२ कैदीबन्दी रहेकामा दुई जना कैदीबन्दी वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको निमित्त प्रमुख सहनीले बताए।

कैदीबन्दीलाई तालिम दिन एक प्रशिक्षकसहित सिलाईकटाइसम्बन्धी सामग्री कार्यालयले उपलब्ध गराएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख प्रेम पौडेलले  जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रुपमा तालिमको आज उद्‌घाटन गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ३ : १५ बजे

रास्वपाको संशोधित विधानबारे गलत व्याख्या नगर्न आग्रह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले

दोलखामै पहिलोपटक स्थानीय तहबाट भूमि व्यवस्थापन सम्बन्धी सेवा विस्तार हुँदै 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाका नागरिकले जग्गासम्बन्धी कामका लागि सदरमुकाम चरिकोट धाउनुपर्ने

गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं- प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको