सशस्त्रका ११ डीआईजीको सरूवा, ६ वटा प्रदेशका प्रमुख पनि फेरिए | Khabarhub Khabarhub

सशस्त्रका ११ डीआईजीको सरूवा, ६ वटा प्रदेशका प्रमुख पनि फेरिए


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बलका ११ जना नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरिएको छ ।

गृह मन्त्रालयले बिहीबार ६ वटा प्रदेशका प्रमुख हेरफेर गर्दै सरुवा सूची निकालेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपाने कोशी प्रदेशको बराह बाहिनीमा सरुवा गरिएका छन् ।

डीआईजी कृष्ण ढकाल मधेश प्रदेशको छिन्नमस्ता बाहिनी, अञ्जनी पोखरेल बागमती प्रदेशको गढीमाई बाहिनी, दीपेन्द्र शाह गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनी र दीपेन्द्र कुँवर लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा सरुवा भएका छन् ।

कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट हाल कंगो मिसनमा रहेकाले सरुवा भएनन् । सदूरपश्चिमको वैद्यनाथ बाहिनीमा प्रदीप पाल सरुवा भएका छन् ।

यसअघि बराह बाहिनीमा रहेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा लगिएको छ । छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन्।

अब सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मा धौवजीले पाउने छन् । गढीमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्यविभाग, मुक्तिनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत र विन्दाबासिनी बाहिनीबाट प्रदीपपाल वैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ । वैद्यनाथ बाहिनीका दीपक अधिकारी मानवस्रोतमा सरुवा भएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ७ : ४८ बजे

मनसुनको एक महिना : ३१ जनाको मृत्यु, ११२ घाइते

काठमाडौं– गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४

बाबुरामको टिप्पणी- कुलिङ पिरियडमा भएको बदमासी निकृष्ट र लाजमर्दो

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम

सिरहामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

सिरहा– असार महिनाको मध्यभागसम्म आइपुग्दा पनि सिरहाका धेरै खेत सुक्खै

कर्णाली प्रदेशका उत्कृष्ट ३० जना शिक्षक सम्मानित

सुर्खेत– कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ

ङुइला नाका तीन महिनाका लागि खुल्ला

गोरखा– तिब्बती क्षेत्र आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको