काठमाडौं– नयाँ वर्षको दोस्रो साता अर्थात् वैशाख ७ गतेदेखि ११ गतेसम्म ५ दिन शेयर बजार पूर्णरुपमा चलायमान भयो । पूरा दिन शेयर बजार सक्रिय हुँदा समेत बजारले ओरालो यात्रामै खुम्चनुप¥यो ।
सातामा ५ दिन शेयर कारोबार हुँदा ४ दिन बजार घट्यो भने एक दिन बजार बढ्यो । यो साता समग्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४ अंकले घट्यो ।
अघिल्लो साताको बिहीबार नेप्से परिसूचक २७२२.७३ विन्दुमा थियो भने यो साताको बिहीबारसम्म आइपुग्दा घटेर ६४.७१ विन्दुले घटेर २६५८ विन्दुमा आयो । दैनिक औसतमा हेर्दा १२.९४२ अंककले नेप्से घट्यो ।
यो साता ४० अर्ब ९८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा भने ८ अर्ब १९ करोड ७० लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भयो । कारोबारको हिसाबले यो औसत नै रह्यो ।
सातामा पूरै १० करोड ३३ लाख १५ हजार ३९४ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा २ करोड ६ लाख ६३ हजार ८९ कित्ता शेयर कारोबार भयो ।
सातामा ३ लाख ५९ हजार २६० पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ७१ हजार ८५२ पटक शेयर किनबेच भयो । ५ दिनको अवधिमा कारोबारमा आएको कम्पनीको आधारमा दैनिक अौसतमा ३१६ वटा कम्पनी कारोबारमा आयो ।
कुन दिन कस्तो थियो बजार ?

यो साताको पहिलो दिन बजारले राम्रो रूपमा सुरुवात गरेको थिएन । अघिल्लो साता पुरै हरियाली भएको शेयर बजार यो साताको सुरुवाती दिनदेखिकै घट्न थालेको थियो । आइतबार नेप्से १६.६८ अंकले घटेर २७०६ विन्दु आएको थियो ।
उक्त दिन नेप्से ०.६१ प्रतिशतले घट्दा बजारमा ३१ अंकको उतारचढाव आएको थियो । आइतबार नेप्से परिसूचक उच्चतम २७३१.८१ विन्दु र न्यूनतम २७००.८५ विन्दुमा पुगेको थियो ।
बजार रातामय भएसँगै अघिल्लो बजार अवधि भन्दा कारोबार २ अर्बले घटेको थियो । आइतबार बजार घट्दा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँ बराबरको २ लाख १३ लाख २३ हजार ९६७ कित्ता शेयर ७४ हजार ४५ पटक कारोबार भएको थियो । आइतबार दिनभरमा ३२८ कम्पनीको शेयर कारोबारमा आएको थियो ।
बजारको रातो झन्डा सोमबार पनि कायम रहेको थियो । सोमबार पनि नेप्से ७.७५ अंकले घटेको थियो । उक्त दिन ०.२८ प्रतिशतले बजार घट्दा बजारमा २६ अंकको उतारचढाव देखिएको थियो ।
सोमबार नेप्से परिसूचक उच्चतम २७१६.८१ विन्दु र न्यूनतम २६९१ विन्दुसम्म पुगेको थियो ।
सोमबार बजार घटे पनि कारोबार रकम भने केही वृद्धि भएको थियो । उक्त दिन ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँ बराबरको २ करोड १३ लाख ३ हजार ७६६ कित्ता शेयर ७८ हजार ६७८ पटक किनबेच भएको थियो । सोमबार दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आएको थियो ।
बजारको ओरालो यात्रा मंगलबार पनि कायम रहेको थियो । मंगलबार नेप्से एकै दिन ९.९६ अंकले घटेर परिसूचक २६८८.३२ विन्दुमा आएको थियो । मंगलबार पनि बजारमा ३० अंकको उतारचढाव देखिँदा नेप्से ०.३६ प्रतिशतले घटेको थियो ।
मंगलबार नेप्से परिसूचक उच्चतम २७०७.८६ विन्दु र न्यूनतम २६८२.८० विन्दुमा पुगेको थियो ।
बजारको घटाइ निरन्तर हुन थालेपछि भने कारोबार रकममा पनि बिस्तारै गिरावट आउन थालेको थियो । मंगलबार ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक किनबेच भएको थियो ।
मंगलबारको बजारमा ३१९ वटा कम्पनी कारोबारमा आएको थियो ।
बजारको घट्ने क्रम बुधवार पनि कायम हरेको थियो । सातामा सबैभन्दा बढी बुधवारनै बजारमा गिरावट आएको थियो । उक्त दिन नेप्से ३२.३८ अंकले घट्दा नेप्से परिसूचक २६५५.९४ विन्दुमा झरेको थियो ।
बुधवार नेप्से १.२० प्रतिशतले घट्दा दिनभरि बजारमा करिब ४० अंकको उतारचढाव देखिएको थियो ।

बजार निरन्तर चौथो दिन पनि घटेपछि कारोबार रकमा पनि गिरावट आएको थियो । बुधवार ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर ६४ हजार १४० पटक किनबेच भएको थियो ।
चार दिनसम्म निरन्तर घटिरहेको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने हरियो भएर बन्द भएको थियो । बिहीबार नेप्से २.०८ अंकले बढेर २६५८ विन्दुमा पुगेको थियो ।
उक्त दिन नेप्से ०.०७ प्रतिशतले बढ्दा बजारमा २९ अंकको उतारचढाव आएको थियो । बिहीबार नेप्से परिसूचक उच्चतम २६६९ विन्दु र न्यूनतम २६४१.८८ विन्दुसम्म पुगेको थियो ।
बिहीबार बजारमा उतार–चढाव भइरहँदा कारोबारमा भने बुधवारको तुलनामा केही सुधार भएको थियो । उक्त दिन ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन दिनभरमा ३०८ वटा कम्पनी कारोबारमा आउँदा ७० हजार ७०३ पटक शेयर किनबेच भएको छ ।
प्रतिक्रिया