धरहरामा भूकम्प स्मृतिसभा (तस्बिरहरू) | Khabarhub Khabarhub

धरहरामा भूकम्प स्मृतिसभा (तस्बिरहरू)


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा भूकम्पको १० औँ स्मृति दिवसको अवसरमा आज शुक्रबार धरहरा परिसरमा स्मृति सभा आयोजना गरिएको छ । स्मृति सभामा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरू तथा अन्य सहभागीहरूले भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा मैनबत्ती बालेका थिए । धरहरा परिसरमै भूकम्प सुरक्षा सम्बन्धी उपकरण तथा सामग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो ।

दश वर्षअघि आजकै दिन (२०७२ वैशाख १२ गते) गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए भने बाइस हजारभन्दा बढी घाइते भएका थिए। देशभर २८ लाख मानिस तत्कालका लागि घरबारविहीन हुनुका साथै सांस्कृतिक सम्पदा, सडक, जलविद्युत लगायतका विकास परियोजनाका अर्बौँको क्षति हुन पुगेको थियो ।

सोही भूकम्पमा परी धरहरा पनि ढलेको थियो। ढलेको धरहरा जस्ताको तस्तै संरक्षण गरी सँगै अर्को धरहरा निर्माण गरिएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : ४२ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख १३ गते शनिबार। वैशाख

आज २०८२ साल वैशाख १३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख १३ गते शनिबार। वैशाख

सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ

हुम्ला – हुम्लाकोे दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले राष्ट्रिय परिचयपत्र बनाउने

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

रूपन्देही – भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा