ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको एकपछि अर्को भिडियो भाइरल « Khabarhub

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको एकपछि अर्को भिडियो भाइरल


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय फिल्डमा खटिने ट्राफिक प्रहरीले सर्वसाधारणलाई गर्ने व्यवहारलाई लिएर प्रश्न उठ्न थालेको छ ।

खासगरी संघीय राजधानी काठमाडौंका ट्राफिक प्रहरीले सर्वसाधारणहरूलाई लात्ती र मुक्का हानिरहेका भिडियो भाइरल भइरहेका छन् ।

बिहीबार मात्रै काठमाडौंको सुन्धारास्थित पुलमुनि चारजना ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको २०८१ मंसिर २३ गतेको भिडियो भाइरल भएको थियो ।

उक्त घटनामा मुछिएका जनसेवा वृत्तका चारजना ट्राफिक प्रहरी कारबाहीका लागि तानिएलगत्तै अर्को भिडियो पनि भाइरल भएको छ ।

एकजना सहायक हवल्दारले मोटरसाइकल चालकलाई लखेट्दै नियन्त्रणमा लिएर लात्ती मुक्का हानेको भिडियो पनि अहिले भाइरल बनेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले यस दोस्रो भिडियोबारे पनि छानबिन थालिएको बताए । उनले यो भिडियो कुन ठाउँ र कहिलेको भन्ने नखुलेको बताए ।

एसपी गिरीले यो भिडियोबारे छानबिन भइरहेको बताउँदै यसमा संलग्नलाई पनि कारबाही हुने बताए । उनले यी भिडियोका कारण प्रहरी संगठनमा अनुशासनको प्रश्न पनि उठाउने भएकाले गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ०० बजे

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ