जनतामा निराशा मौलाउँदै गयो, विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नुपर्छ : सांसद विष्ट | Khabarhub Khabarhub

जनतामा निराशा मौलाउँदै गयो, विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नुपर्छ : सांसद विष्ट


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद गोकर्ण विष्टले जनतामा देखिएको निराशा र मौलाउँदै गएका विरोधका स्वरबारे गम्भीरताका साथ सोच्नु पर्ने बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई दलीय हैसियतमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

‘के कारणले जनतामा निराशा पैदा भइरहेको छ, के कारणले विरोधका स्वरहरू मौलाइरहेका छन्, यो सवालमा गम्भीरताका साथ सोच्नुपर्दछ,’ सांसद विष्टले भने, ‘ठण्डा दिमागले हामीले हाम्रा कमजोरीहरूलाई पहिचान गर्न जरुरी छ । कहीँ कमजोरी छ भने ती कमजोरीहरूलाई आत्मसात् गरेर सुधार गर्नुपर्ने छ ।’ 

लोकतन्त्रमा कमजोरीहरूलाई आत्मसात् गरेर लोकतान्त्रिक अध्यासद्वारा नै सच्याउन सकिने भन्दै उनले राजावादी शक्ति लोकतान्त्रिक अध्यासको खिलाफमा हर्कत गरिरहेको भन्दै आपत्ति जनाए । 

‘लोकतन्त्रले कमजोरीहरूलाई आत्मसात् गरेर लोकतान्त्रिक अध्यासद्वारा नै सच्याउन सक्दछ । आज केही कमजोरीहरूलाई औँल्याएर अथवा जनताको अपेक्षा र विकास प्रक्रियाका बीच रहेको अन्तरलाई उछालेर फाइदा उठाउँदै आज केही अस्थिरता र अराजकता निम्त्याउन चाहने शक्तिहरू अर्थात् जन्मसिद्ध शासकीय अधिकारलाई आदर्श मान्ने शक्तिहरू आज लोकतान्त्रिक अध्यासको खिलाफमा हर्कत गरिरहेका छन्,’ सांसद विष्टले भने ।
 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : २६ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने