एमाले सांसद विष्टको आग्रह- सरकार गयो-गयो भनेर निराशा पैदा गर्ने काम नगर्नुस् | Khabarhub Khabarhub

एमाले सांसद विष्टको आग्रह- सरकार गयो-गयो भनेर निराशा पैदा गर्ने काम नगर्नुस्


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले सरकार गयो–गयो भनेर निराशा पैदा गर्ने काम नगर्न आग्रह गरेका छन् । 

उनले साझेदार दलहरूका बीचमा केही असमझदारी भए बसेर समीक्षा गर्न सकिने पनि बताए ।  

‘असहमतिलाई सुधार गर्ने, समीक्षा गर्ने आफ्ना आन्तरिक पद्धतिहरू छन् । त्यही नै समाधान खोजौँ, त्यहीँ नै समीक्षा गरौँ,’ संसद् बैठकलाई पार्टीका तर्फबाट सम्बोधन गर्दै सांसद विष्टले भने, ‘तर, सरकार गयो–गयो अथवा सरकारप्रति असन्तुष्टि व्यक्त गर्ने, निराशा पैदा गर्ने काम कसैले पनि नगरौँ ।’

उनले दुई दलबीचको आपसी समझदारी, सहमतिको आधारमा सरकार अगाडि बढिरहेको र कहीँ, कतै समस्याहरू उत्पन्न भए समाधानका लागि राजनीतिक संयन्त्रहरू रहेको पनि बताए । 

उनले सरकार ढल्नेमा कुनै सत्यता नरहेको पनि जिकिर गरे । ‘ठूला दुई दलसहित बनेको यो सरकार राजनीतिक स्थिरताको लागि हो,’ विष्टले भने, ‘यो सरकार गयो–गयो भनेर जुन प्रकारले निराशा पैदा गर्ने गरी, अस्थिरता पैदा गर्ने गरी प्रयत्न गरिँदै छ । यसमा कुनै सत्यता छैन ।’

सात बुँदे सहमतिको आधारमा गठन भएको सरकार सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने उनले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ४१ बजे

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ ।

संसद्लाई जनमुखी बनाउन आवश्यक : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी

पर्सामा लागूऔषधका ११४ मुद्दा दर्ता

पर्सा– पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ ।

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

तनहुँ– तनहुँको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार गरिएको छ ।

सहकार्यमार्फत अघि बढ्न संसदमा रहेका दललाई सभामुख घिमिरेको आह्वान

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदमा रहेका दललाई संवाद र सहकार्यको