शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता « Khabarhub

शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको शुक्लागण्डकी नगरपालिकामा फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण गर्न त्रिपक्षीय सम्झौता भएको छ । नगर क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापन गर्न नगरपालिका, सूर्य नेपाल प्रालि र ग्रिन रोड कम्पनीबीच सम्झौता भएको नगरपालिका नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । 

सम्झौतामा फोहोरमैला प्रशोधनका लागि आवश्यक पर्ने मेसिनरी सामग्री सूर्य नेपाल प्रालिले उपलब्ध गराउने, फोहोर सङ्कलन गरी प्रशोधन केन्द्रसम्म नगरपालिकाले पुर्‍याउने र केन्द्रमा फोहोरको वर्गीकरण तथा प्रशोधन ग्रिन रोड कम्पनीले गर्ने गरी सम्झौता भएको उनले बताए। 

नगरप्रमुख पण्डितले भने, ‘नगरपालिकामा दिगो फोहोर व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ ।’ बिहीबार सम्पन्न त्रिपक्षीय सम्झौतामा नगरपालिकाका तर्फबाट प्रमुख पण्डितसहित उपप्रमुख खुमबहादुर विक र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले हस्ताक्षर गरेका छन् । 

त्यसैगरी सूर्य नेपालका तर्फबाट कारखाना प्रमुख बाबुराम कार्की र गौतमकुमार यादव तथा ग्रिन रोड कम्पनीका तर्फबाट विमल बास्तोला, सञ्जीव बास्तोला र अजय केसीले हस्ताक्षर गरेका छन् ।  
 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ४७ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र