नियमित दिनुपर्ने खोप छुटेका बालबालिकालाई निःशुल्क लगाइने  « Khabarhub

नियमित दिनुपर्ने खोप छुटेका बालबालिकालाई निःशुल्क लगाइने 


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच वर्षमुनिका बालबालिकालाई छुटेको खोप निःशुल्क लगाइने भएको छ।

वैशाख ३१ गते देशभरका सबै स्वास्थ्य संस्थाबाट १५ महिनासम्मको उमेरमा नियमित रूपमा दिनुपर्ने खोप छुटेका बालबालिकाका लागि यो अवसर उपलब्ध गराइएको हो । 

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार, जन्मेदेखि १५ महिनासम्म विभिन्न समयमा दिइने १२, १३, १४, १५, १६ र १७ महिनासम्मका खोप छुटेका बालबालिकालाई समेट्न आग्रह गरिएको छ।

स्वास्थ्य संस्थाले सबै खोप सेवा सहज रूपमा उपलब्ध गराउनेछन् । अभिभावकहरूलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा स्वास्थ्य संस्थामा पुर्‍याएर छुटेको खोप लगाउन अनुरोध गरिएको छ । वैशाख महिना ‘खोप महिना’ का रूपमा मनाइँदै छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ४४ बजे

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री