बारपाकः पर्यटकीय गन्तव्य बन्दै | Khabarhub Khabarhub

बारपाकः पर्यटकीय गन्तव्य बन्दै


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोरखा – भूकम्पको इपिसेन्टर गोरखाको बारपाक अहिले पुनः निर्माण मात्र भएको छैन । बारपाक घुम्न आउने पर्यटकलाई लक्षित गरेर बारपाक गाउँभित्रै आकर्षक आन्तरिक पर्यटकीय गन्तव्य थपिँदै गएका छन् ।

गाउँपालिकाको पहलमा आन्तरिक तथा बाह्य पर्यटकलाई बारपाकतर्फ लोभ्याउन नयाँनयाँ घुम्न लायक गन्तव्यको विकास गर्न थालिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

अब बारपाक घुम्न आउने पर्यटकले बारपाकभित्रै कलात्मक ‘बुद्ध पार्क’ पनि घुम्न पाउनेछन् । बारपाकस्थित ताक्लेनान डाँडामा करिब ४५ लाखको लागतमा निर्माण गरिएको ‘बुद्ध पार्क’ अहिले बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै गएको छ ।

उक्त उद्यानमा बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्काइएको छ । बारपाकको सिङ्गो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको ‘बुद्ध पार्क’ मा करिब पाँच फिट अग्लो बुद्धको मूर्ति आकर्षक ढङ्गले राखिएको छ ।

त्यस्तै उद्यानमा बौद्ध धर्म, संस्कृति झल्कने खालका मानीलगायतका सामग्री पनि रहेका छन् । भूकम्पपछि सिङ्गो गाउँलाई एकै ठाउँबाट दृश्यावलोकनका लागि गाउँपालिकाले निर्माण गरेको ‘भ्यू टावर’ बारपाकको अर्को आकर्षक गन्तव्य हो ।

त्यस्तै भुकम्पमा ज्यान गुमाएको सम्झनामा निर्माण भइरहेको भूकम्प स्मृति उद्यानको काम लगभग अन्तिम चरणमा रहेको अध्यक्ष भट्टले जानकारी दिए ।
‘सङ्घीय आयोजना कार्यान्वयन इकाइ पोखरामार्फत् निर्माण भइरहेको स्मृति उद्यानको थोरै मात्र काम बाँकी छ,’ उनले भने, ‘स्मृति उद्यानले बारपाकमा पर्यटकको आकर्षण अझै बढ्ने विश्वास छ ।’ उद्यान निर्माण गर्न १५ करोड ५१ लाख ७५ हजार रुपैयाँमा सम्झौता भएको छ ।

अध्यक्ष भट्टले बारपाक गाउँ अहिले पहाडको शहरका रुपमा स्थापित हुँदै गएको बताए । ‘इपिसन्टेर हेर्न र घुम्नका लागि देश भित्रका मात्र होइन बाहिरबाट पनि थुप्रै पर्यटक बारपाक आउन थालेका छन्,’ उनले भने, ‘भूकम्पले थलिएको बारपाक अब तङ्ग्रिसकेको छ ।’

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ५० बजे

लगातारको वर्षापछि धनगढीलगायत आसपासका क्षेत्र जलमग्न

कैलाली– गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न

स्वास्थ्यमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

कञ्चनपुर– कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ ।

युवाको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रूपान्तरण गरौँ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक

किसानलाई ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री

महेन्द्रनगर– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम शाखाले चालु आर्थिक वर्ष