बजेट अधिवेशनको पहिलो दिन नै संसद्लाई शीर्ष नेताको उपेक्षा « Khabarhub

बजेट अधिवेशनको पहिलो दिन नै संसद्लाई शीर्ष नेताको उपेक्षा


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको छैटौं अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । प्रतिनिधि सभाको यो सत्रलाई बजेट अधिवेशनका रुपमा पनि चिनिन्छ ।

संसद्लाई जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो मानिन्छ । संसद् बैठकमा राष्ट्रिय मुद्दाहरूमा बहस गरेर जनताको चाहनाअनुरूपका निर्णय लिइन्छन् । संसद्को मुख्य जिम्मेवारी भनेको मुलुकका लागि कानुन निर्माण गर्नु नै हो ।

संसद्को प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै लोकतन्त्रको सुदृढीकरण, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा सहयोग पुर्‍याउँछ ।

प्रभावकारी संसद्ले मात्रै देशका समस्या समाधान गर्न उपयुक्त नीति तथा कानुन बनाउँछ ।

तर, त्यही संसद् पहिलो बैठकमै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपेक्षामा परेको छ । पटक–पटक शासन सत्ता सञ्चालन गरिसकेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्कपमल दाहाल ‘प्रचण्ड’ पहिलो बैठकमै अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री ओलीले संसद् बैठक सुरु हुनुभन्दा केही अघि पूर्वनिर्धारित सम्बोधनको कार्यक्रम स्थगित गरेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले सत्ता साझेदार नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा माओवादी केन्द्रको नेतृत्व नआउने भएपछि सम्बोधन स्थगित गरेका बताइएको छ ।

यसअघि प्रतिनिधिसभाको छैटौं अधिवेशनको पहिलो दिन शुक्रबारको संसद् बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची थियो । शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएपछि सम्बोधन स्थगित गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ ।

यस्तै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसद्को पहिलो बैठकलाई उपेक्षा गर्दै बिहीबार नै गोरखा गएका थिए । उनलाई संसद्को पहिलो बैठकलाई उपेक्षा गर्दै आफूले निर्वाचन जितेको निर्वाचन क्षेत्रमा पर्ने बारपाक पुगेका हुन् ।

सत्ता साझेदार कांग्रेसका सभापति देउवा थाइल्याण्डबाट फर्किएर पनि संसद् बैठकमा अनुपस्थित रहे । प्रतिनिधिसभाको छैटौं अधिवेशन शुक्रबार १ बजेका लागि बोलाइएको थियो । सभापति देउवा त्यसअघि नै काठमाडौं पुगिसेका थिए ।

संसद् बैठकमा शीर्ष नेताहरू उपस्थित नभएपछि दलीय आधारमा बोल्ने परम्परालाई दलका दोस्रो र तेस्रो तहका नेता (सांसद)ले धानेका छन् । संसद्को ठूलो दल कांग्रेसले पहिलो दिन संसद्मा बोल्ने जिम्मा प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई दिएको थियो ।

सत्ताको नेतृत्व गरिरहेको एमालेका तर्फबाट गोकर्ण विष्ट र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका तर्फबाट वर्षमान पुनले दलीय आधारमा संसद्लाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ५ : ५४ बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक