पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन « Khabarhub

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

रूपन्देही – भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा मारिएका नेपालीसहित भारतीय र तेस्रो मुलुकका नागरिकको सम्झनामा भैरहवामा शोकसभा र दीप प्रज्वलन गरिएको छ ।

भैरहवाको बुद्धचोकमा आज साँझ नेपाल–भारतमैत्री केन्द्र, रुपन्देही नागरिक समाज र नेपाल–भारत पूर्वसैनिक परिवार कल्याण सङ्गठनको संयुक्त आयोजनामा शोकसभा र दीप प्रज्वलन गरिएको हो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वपर्यटनमन्त्री प्रेमबहादुर आलेले घटनाको जति निन्दा गरेपनि कमै हुने बताए । उनले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।

पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले जातीय, धार्मिक, सांस्कृतिक कुनै किसिमका आतंकवाद स्वीकार्य नहुने बताए । मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवाल, नागरिक समाजका अध्यक्ष अमित गुप्ता, भूपुसैनिकका अध्यक्ष रेशम केसीले आतङ्ककवादी घटनाले आफूलाई दुःखी तुल्याएको जनाए ।

शोकसभा तथा दीप प्रज्वलनमा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी, स्थानीयलगायत सहभागी थिए । शोकसभापछि दीप प्रज्वलन गरेर मृतकहरूको सम्झना गरिएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १० : १७ बजे

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

एजेन्सी– दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू-भागमा

गौरीशंकरको टासिनाममा फल्यो स्याउ, पहिलो उत्पादनमै रोग-कीराको जोखिम !

दोलखा– जिल्लाको उत्तरी हिमाली क्षेत्र गौरीशंकर गाउँपालिका–९ टासिनाममा पहिलोपटक स्याउ