अमेरिकी दूत र पुटिनबीच तीन घण्टा वार्ता : के छ ट्रम्पको प्रतिक्रिया ? « Khabarhub

अमेरिकी दूत र पुटिनबीच तीन घण्टा वार्ता : के छ ट्रम्पको प्रतिक्रिया ?


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

मस्को – अमेरिकी दूत स्टिफ विटकोफ र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीच मस्कोमा शुक्रबार तीन घण्टा लामो वार्ता भएको छ । रुसी प्रतिनिधिमण्डलका युरी युसाकोभले युक्रेनसँगको प्रत्यक्ष वार्ताका लागि केही विषय अझै बाँकी रहेको बताएका छन् । अमेरिकाले सो वार्तामा भएको विषयलाई बाहिर ल्याएको छैन । तथापि राष्ट्रपति ट्रम्पले सामान्य रूपले प्रक्रिया अघि बढेको बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्ण र निःशर्त वार्ताको तयारी भए पनि भूगोल र सीमाको विषयमा छलफल हुने बताए । अमेरिकी प्रयासमा शान्ति सम्झौतामा उल्लेख गरिए बमोजिम धेरै मात्राको भूभाग रुसलाई दिएर युद्ध विराम गर्न युक्रेन तयार भइसकेको जनाइएको छ ।

ट्रम्पले सन् २०१४ देखि कब्जामा लिइएको क्रिमिया रुसलाई वैध रूपमा दिएर वार्ता अघि बढाउने तयारी गरेका छन् । विटकोफले यो वर्ष मात्र मस्कोको चौथो भ्रमण हो । ट्रम्पले बारम्बार युक्रेनलाई युद्ध विरामका लागि दबाब दिइरहेको समयमा जेलेन्स्कीले एक दिन अघि मात्र क्रिमिया अन्य कसैलाई दिने अधिकार युक्रेनी नागरिकमा मात्र भएको बताएका थिए ।

युद्ध पूर्ण रूपमा अन्त्य हुने विषयमा भूगोलको सीमाको विषयमा कुरा गर्न जेलेन्स्की तयार भएको जनाइएको छ । टाइम म्यागेजिनसँगको पछिल्लो अन्तरवार्तामा भने जेलेन्स्कीले अमेरिकी प्रस्ताव मान्ने पक्षमा आफूलाई तयार राखेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ६ : २० बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक