शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता « Khabarhub

शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २५ दिनदेखि प्रदर्शनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता सुरु भएको छ। काठमाडौंमा आन्दोलित शिक्षकका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्तको आह्वानमा वार्ता सुरु भएको हो। शनिबार बिहान शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग वार्ता भइरहेको छ।

शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहभागी छन्।

शिक्षामन्त्री पन्तको सचिवालयका अनुसार अहिले शिक्षकका माग सम्बोधनका लागि मन्त्रीकै सहभागितामा छलफल जारी छ। शुक्रबारको वार्ता बिथोलिएपछि मन्त्रालयले शनिबार बिहानका लागि वार्ता गर्न शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई आह्वान गरेको थियो। शिक्षकले चैत २० गतेदेखिको आन्दोलनलाई निरन्तरता दिँदै आएका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र