वैशाख १७ गते जनमत र नागरिक उन्मुक्तिबीच एकता हुने « Khabarhub

वैशाख १७ गते जनमत र नागरिक उन्मुक्तिबीच एकता हुने


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०७९ बाट उदाएका दुई दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते एकीकरणै हुने भएको छ ।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवले शनिबार सूचना जारी गरेर नागरिक उन्मुक्तिसँग एकीकरणका लागि वैशाख १७ गते घोषणा सभा आयोजना गरिने जनाएका छन् । 

जनमतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे आयोजना हुने एकीकरण घोषणा सभामा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संगठनका सदस्यहरूलाई उपस्थित हुन भनेको छ । 

जनमतले घोषणा सभाको अघिल्लो दिन बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ । मध्य बानेश्वरस्थित पार्टी कार्यालयमा वैशाख १६ गते बेलुकी ६ बजे बस्ने बैठकमा सहभागी हुन आउँदा आ–आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर आउनु पर्ने प्रवक्ता यादवले जानकारी दिए 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ०९ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार