शिक्षक महासंघसँग छलफलमा जुटे कांग्रेस महामन्त्रीद्वय « Khabarhub

शिक्षक महासंघसँग छलफलमा जुटे कांग्रेस महामन्त्रीद्वय


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आन्दोलनरत नेपाली शिक्षक महासंघसँग छलफलमा जुटेका छन् । सरकारसँग शनिबार भएको पहिलो चरणको वार्तापछि कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा आन्दोलनरत शिक्षक महासंघसँग छलफलमा जुटेका हुन् । 

यसअघि सभापति शेरबहादुर देउवाले वैशाख १ गते महामन्त्रीद्वय थापा र शर्मालाई बोलाएर शिक्षकका माग सम्बोधनमा सक्रिय हुन निर्देशन दिएका दिए । सभापति देउवाको निर्देशनपछि महामन्त्रीद्वय थापा र शर्माले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि त्यही दिन पार्टी कार्यालयमा अगुवा शिक्षकहरूसँग छलफल गरेका थिए । 

छलफलमा उनीहरूले शिक्षकका माग सम्बोधनका लागि पहलकदमी लिने प्रतिबद्धता जनाएका थिए । सोहीअनुरुप वैशाख १ गते बेलुकी नै संसदीय दलको कार्यालयमा महामन्त्रीद्वय र पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरसहितका नेताहरूको छलफलले पार्टीको आधिकारिक धारणाका लागि विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेका थिए । 

छलफलमा महामन्त्रीद्वय थापा-शर्मा, सहमहामन्त्री जीवन परियार, शिक्षा विभाग प्रमुख महर, पार्टीबाट विधेयक उपसमितिमा सदस्य रहेको सांसदद्वय डिगबहादुर लिम्बू र महेन्द्र राय यादव, पार्टी मुख्यसचिव पौडैललगायतको सहभागिता थियो ।

वैशाख ३ गते सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले शिक्षा उपसमितिमा छलफलका क्रममा रहेको शिक्षा विधेयकका २८ बुँदामा रहेको असहमति र विधेयकबारे पूर्ण धारणा निर्माणका लागि आवश्यक समन्वय गर्न शिक्षा विभाग प्रमुख महरलाई जिम्मेवारी दिएको थियो ।
सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग अघि सारेर देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।  

विद्यालय, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा उनीहरूले आन्दोलन गरेको २५ दिन पुगिसकेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : १६ बजे

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै