धरानमा ग्यारेजबाटै बस चोरी | Khabarhub Khabarhub

धरानमा ग्यारेजबाटै बस चोरी


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान–८ दुर्गापथस्थित एक ग्यारेजमा राखेको बस चोरी भएको छ । घट्ना शुक्रबार बिहान ३ बजेर ३८ मिनेटमा भएको हो । सात घण्टापछि मात्र चालक विक्रम लिम्बूले बस चोरी भएको थाहा पाएका थिए ।

ग्यारेजमा राखेको बस कसरी चोरी भयो भन्नेबारे सिसिटिभी फुटेजमा देख्न सकिन्छ ।

 चालक लिम्बूले भने, ‘सिसिटिभि फुटेजमा एकजना आएर बस चलाएर आरामसाथ ग्यारेजबाट बाहिर निकाल्छन् । चोरले बस ग्यारेजबाट निकालेपछि बरगाछी, श्यामचोक हुँदै गएको देखिन्छ । त्यहाँबाट मदन भण्डारी राजमार्ग हुँदै पानवारीदेखि पुर्वतर्फ बस लगेको देखिएको छ ।’ 

बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ । प्रदेश १ को ९७४९ नम्बरको उक्त यात्रुवाहक बसको सोमबार इलाम जाने पालो थियो । चालक लिम्बू बस चोरी भएकोमा आश्चार्यमा परेका छन् ।

 उनले भने, ‘सानो चिज भएपो लुकाउनु । त्यत्रो ठूलो बस कहाँ लगेर लुकाउला ? न कागज पत्र छ । यता मेरो बस चोरी भयो भन्दा कोही साथीहरू पत्याउदैनन् ।’ 

बस चोरी भएको बारे उनले इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिइसकेका छन् । सिसिटिभि फुटेज हेर्नुभन्दा अघि उनले धरानका सबै ग्यारेजतिर पनि सोधी खोजी गरे । कुनै साथीले पो लग्यो कि भनेर पनि खोजी नीति गरेका थिए । 

उनकाअनुसार पूर्वपश्चिम हाइवेमा पर्ने खोर्साने (विराटचोक) सम्म बस पुगेको देखिन्छ त्यसपछि कता तिर चोरले लग्यो पत्ता लगाउन सकिएको छैन । धरानको तीनकुने हुदै इटहरी तिर जादा ट्राफिक चेकिङ हुन्छ भनेर मदन भण्डारी राजमार्गबाट गएको देखिएको छ ।

चोरलाई बसको बारेमा जानकारी भएको हुनसक्ने शंका लिम्बूले गरेका छन् । ग्यारेजमा बस राखेपछि चाबी कहाँ राख्छ, कसरी ढोका खोलिन्छ भन्ने बारे चोरले जानकारी पाएको आधारमा बस चोरी भएको लिम्बूले बताए । चोरी भएको बस शुक्रबारदेखि व्यापक खोजी भइरहको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपशिक्षक (डिएसपी) प्रकाश जवेगुले बताए । 

उनले भने, ‘विराटचोक देखि विराटनगर तिर गएको देखिएको छ । तर अहिलेसम्म फेला पार्न सकिएको छैन । तिव्र खोजी जारी छ ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : २८ बजे

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी