‘लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन केन्द्र बनाउन सरकार प्रतिबद्ध छ’ « Khabarhub

‘लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन केन्द्र बनाउन सरकार प्रतिबद्ध छ’


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको  रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध रहेको उद्घोष गरेका छन् । 

 शनिबार लुम्बिनीमा आयोजित  चौथो एसियाली बौद्व सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।

 मन्त्री पाण्डेले भने ,लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन, चिन्तन र मननको केन्द्रको रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्ध रहेको छ ।विश्वविख्यात योजनाविद् केन्जो टांगको गुरूयोजनालाई आधारमा लिई रामग्राम, देवदह, तिलौराकोटगोटिहवा र निग्लिहवा जस्ता धार्मिक ऐतिहासिक स्थलहरू समेट्दै लुम्बिनी क्षेत्रको एकीकृत विकास गर्ने लक्ष्य लिएको छ। उनले बौद्व धर्मावलम्बीको मर्मलाई आत्मसात् गर्दै स्थानीय समुदायको अपनत्व र प्रकृति र विकासको सन्तुलन आवश्यक छ।’

उनले संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान को सोचलाई आत्मसात् गर्दै लुम्बिनीको विकास र प्रवर्द्धनका लागप संयुक्त राष्ट्र संघका १६ वटा राष्ट्रहरू सम्मेलित अन्तर्राष्ट्रिय समितिलाई पुनट: सक्रिय बनाउनका लागि यसै वर्ष बैठक आव्हान गर्ने समेत विश्वास दिलाए। 

एसिन बुद्विष्ट कलेचरल फेष्टिभलले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्न समेत टेवा पुग्ने बताए । मन्त्री पाण्डेले लुम्बिनी विकास कोषको एेन संशोधन गरिने समेत बताए।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा थाईल्याण्ड, कम्बोडिया, चीन लगायतका ५० मुलुकका भिक्षुहरूका साथै बौद्व धर्मावलम्बीको उपस्थिति रहेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  २ : २४ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार