'अहिले माओवादी जनतामा गएर माफी माग्छ, उपदेश दिँदैन' | Khabarhub Khabarhub

‘अहिले माओवादी जनतामा गएर माफी माग्छ, उपदेश दिँदैन’


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले जनतामा गएर माफी मागे ५० प्रतिशत जनताको रिस मर्ने बताएका छन् । उनले पार्टी नेता अलिअलि अहंकारी, लोभी, पापी भएका कारण पार्टी नबनेको बताए ।

माओवादी समर्थित संस्था सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले जनतामा माओवादीप्रति निराशा उत्पन्न भएकाले जनतासमक्ष गएर माफ माग्दै आफ्ना योजना सुनाउनु पर्ने बताए ।

उनले कार्यकर्तालाई आगामी निर्वाचनमा खटेर काम गर्न निर्देशन दिए । ‘आगामी निर्वाचनमा सिन्धुपाल्चोकमा हाम्रो पक्षमा क्लिन स्वीप हुन्छ भन्ने विश्वास गरौं,’ प्रचण्डले भने, ‘अरु कुरा जेसुकै गर्नुस् मलाई चाहिँ हेरिहनुस्, अब ७० लागियो, मर्निङ वक तपाईंहरूसँग पनि हिंडेको छु, खटेर काम गरिरहेकै छु ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ३ : ४२ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई