सातबुँदे कार्यान्वयन गर्न कांग्रेस-एमालेलाई दवाव दिनुपर्छ : उपसभापति गुरुङ « Khabarhub

सातबुँदे कार्यान्वयन गर्न कांग्रेस-एमालेलाई दवाव दिनुपर्छ : उपसभापति गुरुङ


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेस उपसभापति धनराज गुरुङले सातबुँदे कार्यान्वयन गर्न कांग्रेस-एमालेलाई दवाव दिनुपर्ने बताएका छन् ।

स्याङ्जा पत्रकार समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले सरकार कहिले ढल्छ होइन, सातबुँदे कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न नेताहरूलाई गर्न पत्रकारहरूलाई आग्रह समेत गरे ।

इतिहासमा अहिलेसम्मकै बलियो सरकार अहिलेको सरकार भएको हुँदा सरकार ढल्ने परिकल्पना पनि गर्न सकिने उनले बताए। 

उनले देशलाई स्थायित्व प्रदान गर्न अहिलेको सरकार बनेको भन्दै जनताको पक्षमा काम नगर्ने छुट यो सरकारलाई नभएको धारणा राखे । 

उपसभापति गुरुङले विद्यालय शिक्षा ऐनलाई छिटो अघि बढाउन संसदीय समितिले तत्परताका साथ काम गरिरहेको भन्दै शिक्षकहरूले पनि आन्दोलन रोकेर उचित वातावरण बनाउनुपर्ने बताए । देशको समग्र शिक्षा क्षेत्र मिलाउन कानुन बनाउदा सबैको राय समेटेर बनाउनुपर्ने भएकाले शिक्षा ऐन आउन अल्ली ढिला भएको धारणा उनले राखे ।

त्यस्तै गुरुङले राजसंस्थाको माग गर्दै भइरहेको आन्दोलनको कुनै औचित्य नरहेको जिकिर गरे । उनले स्याङ्जाको लाइफलाइनको रुपमा रहेको सिद्धार्थ राजमार्ग अबको नीति तथा कार्यक्रममा सम्बोधन हुने भन्दै त्यसको लागि बजेट समेत विनियोजन हुने प्रतिवद्धता जनाए। 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ४ : ४४ बजे

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै

गगनले मनोनयन गरेका कांग्रेस कार्यसमिति सदस्य के भन्छन् ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २८ वैशाखमा थप १९

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौं– नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय

पर्वतका किसानलाई माछाका भुरा निःशुल्क वितरण

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका किसानलाई

गण्डकी अस्पतालको आकस्मिक विभागलाई ह्विलचियर

गण्डकी– शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर सामाजिक योगदान पुर्‍याउँदै