सरकार असफल बनाउने छुट कसैलाई छैन : एनपी साउद | Khabarhub Khabarhub

सरकार असफल बनाउने छुट कसैलाई छैन : एनपी साउद


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले ठूला दुई दलको संयुक्त सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई नभएको बताएका छन् । 

कांग्रेसको ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि साउदले यस्तो बताएका हुन्। 

‘हामी दुई प्रमुख राजनीतिक पार्टीहरूको सरकार भएको हुनाले असफल बनाएर पठाउँछौँ भन्ने छुट हामीसँग छैन,’ केन्द्रीय सदस्य साउदले भने । उनले शिक्षक, चिकित्सकहरूको जारी आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

अहिले चलिरहेका विभिन्न खालका आन्दोलनहरूले मुलुकको शान्ति, स्थिरता, समृद्धि र व्यवस्था दुश्चक्रमा पर्न सक्ने जोखिम देखिएको उनको भनाइ थियो । ‘त्यसकारण यी सबै कुराका बारेमा पार्टीका साथीहरूले सजग, सचेत भएर बोल्नुपर्ने, रहनुपर्ने आवश्यकता देखिएको छ,’ साउदले भने । 

उनले दुई दल मिलेर सरकार बनिसकेपछि मुलुकले स्थिरता पाउने अपेक्षा गरिए पनि पूरा हुन नसकेको पनि बताए ।

 ‘दुई सबैभन्दा ठूला पार्टीको सरकार बनिसकेपछि अस्थिरता समाप्त होला भनेर अपेक्षा गरिएको थियो,’ साउदले भने, ‘सरकार गठन भइसकेपछि पनि अस्थिरताको चक्र रोकिएको छैन ।’ 

पूर्वपरराष्ट्रमन्त्री साउदले पार्टीका नेताहरू सबैले आफ्नो जिम्मेवारी पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्ने पनि बताए । आफूले पाएको जिम्मेवारी पूरा गरे आगामी महाधिवेशनले थप र नयाँ जिम्मेवारी पाउन कुनै समस्या नहुने उनको आशय थियो । 

‘हाम्रा सबै साथीहरू आफूले लिएको जिम्मेवारी पूरा गर्ने कुरामा ज्यादा केन्द्रित हौँ । नयाँ जिम्मेवारीका लागि त छँदैछ,’ साउदले भने, ‘पाएको जिम्मेवारी अहिले राम्रोसँग पूरा गर्ने हो भने देशभरी छरिएर बसेका साथीहरूले यो मान्छेको परफरमेन्स राम्रो छ, यो मान्छेलाई थप र नयाँ जिम्मेवारी दिनुपर्छ भनेर भनिहाल्छन् नि । त्यसकारण अहिलेको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्नुपर्ने अवस्था मैले देखेको छु ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ५ : ११ बजे

बाम्का बजार आगलागी : पीडितलाई एक करोड राहत, पुनः स्थापनामा जुट्दै व्यापारी

धनगढी– बाजुराको बाम्का बजारका आगलागी पीडितका एक करोड बढी राहत सहयोग

नागार्जुनका मेयरलाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दाम ८ वर्ष सजाय, २६ करोड २५ लाख जरिवाना

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख (मेयर) मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरण

बीपीको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्नेमाथि कारबाही गर्न शेखरको माग

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै समूहका नेताहरूले

एलजी नेपालले प्रस्तुत गर्‍यो ‘एफेक्सनेट इन्टेलिजेन्स’

काठमाडौं– एलजी नेपालले ग्लोबल इनोवेसनको अवधारणा एफेक्सनेट ‘इन्टेलिजेन्स’ लाई दुईदिने कार्यक्रममार्फत

शेखरले सभापति देउवालाई सोधे- के कारणले एमालेलाई सरकारको नेतृत्व सुम्पिनु भयो ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकवर्ष अघि नेकपा