भक्तपुरमा राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने | Khabarhub Khabarhub

भक्तपुरमा राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा पहिलोपटक दुईदिने राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । आज नेपाल किक बक्सिङ सङ्घ, भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै यहाँ पहिलोपटक यही वैशाख १९ र २० गते सूर्यविनायक नगरपालिका–८ जगाती कभर्ड हलमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा किक बक्सिङ सङ्घ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ देशभरका प्रतिभाशाली खेलाडीहरूको पहिचान गर्दै अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको बताए। हालै सम्पन्न १९औँ एसियाली खेलकुद, गोङ्जाउ, चीनमा किक बक्सिङ समावेश भएसँगै यस खेललाई आगामी एसियाली खेलकुदको तयारीका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिइएको उनले जानकारी दिए । 

प्रतियोगितामा नेपालका सातै प्रदेशका कम्तीमा २० जिल्लाका एक सय १० जनाभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको सङ्घका महासचिव राजु सिंह बजिकोले जानकारी दिए । उनका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घद्वारा स्वीकृत के–१ नियमावलीअनुसार सञ्चालन हुनेछ । प्रत्येक खेलमा तीन राउन्ड हुने छभने प्रत्येक राउन्डको अवधि दुई मिनेटको हुनेछ । प्रतियोगितामा खेलाडीहरूको शारीरिक क्षमता, प्रविधि र मानसिक बलको उत्कृष्ट प्रदर्शन हुने उनले बताए। 

प्रतियोगितामा पुरुषतर्फ ११ वटा र महिलातर्फ सातवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । साथै सातवटा पेसागत (व्यावसायिक) फाइटहरू पनि आकर्षणका रूपमा आयोजना गरिनेछ र खेलाडीहरूको तौल जाँच वैशाख १८ गते हुने उनले जानकारी दिए। 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने छ भने विशिष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष ट्रफी प्रदान गरिने पत्रकार सम्मेलनमा बताइएको छ । 

खेलाडीको नाम दर्ताको अन्तिम मिति वैशाख १८ गते तोकिएको छभने खेलाडीहरूको दीर्घकालीन अभिलेख राखी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छनोट प्रक्रिया सहज बनाउने बताइएको छ । 
 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ७ : १७ बजे

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु, आमा घाइते

ताप्लेजुङ– ताप्लेजुङमा फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको

एक वर्षमा १४ प्रतिशतले बढ्यो बिमा व्यवसाय, ४८ प्रतिशत जनसङ्‍ख्या बिमाको दायरामा

काठमाडौं– अघिल्लो आर्थिक वर्ष (आव) ०८०/८१ को तुलनामा गत आव

युवा पुस्तालाई धार्मिक बनाउन ‘क्रान्तिकारी भजन’

काठमाडौं– देउडा गायक सुरेश शाहीले नयाँ पुस्तालाई धार्मिक बनाउने सन्देश

साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु

काठमाडौं– श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकिकरण

‍प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउने 

काठमाडौं– प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन