प्रदेशमा खेलकुद ग्राम निर्माण गर्नेछौँ : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

प्रदेशमा खेलकुद ग्राम निर्माण गर्नेछौँ : मुख्यमन्त्री कार्की


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशमा ‘कोशी खेलकुद ग्राम’ निर्माण गरिने बताएका छन् ।

मनमोहन मेमोरियल कप फाउन्डेसन इनरुवाद्वारा आजदेखि विराटनगरमा आयोजित तेस्रो संस्करणको ‘एमएम राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता–२०८२’ उद्‌घाटन गर्दै उनले ग्राम स्थापनाबाट समग्र खेलकुद क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैचा नगरपालिकासँगको संयुक्त प्रयासमा खेलकुदबारे पठनपाठन र रङ्गशालालासहित अन्य सामग्रीको व्यवस्था गरिने बताए। उनले प्रदेश सरकारले आगामी तीन वर्षभित्र यस क्षेत्रमा क्रिकेटका लागि अन्तरराष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे।

विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद रङ्गशालामा यही वैशाख १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । पचास ओभरको ‘लिगकम नकआउट’ का आधारमा हुने प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरी बल, नेपाल आर्मीका विभागीय टोली, बागमती, कोशी प्रदेश र भारतको आसाम क्रिकेट क्लबको सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु चार लाख, दोस्रोलाई दुई लाख प्रदान गरिने छ भने उत्कृष्ट हुने विधागत खेलाडी र प्लेयर अफ दी म्याचलाई नगद पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगितामा नेपालका ‘क’ श्रेणीका क्रिकेट खेलाडीहरूको सहभागिता रहेको छ । आयोजकले यसअघि सुनसरीको इनरुवामा २०७५ सालमा पहिलो र २०७६ मा दोस्रो चरणको प्रतियोगितामा सम्पन्न गरिसकेको छ ।

आज भएको खेलमा साबिक विजेता नेपाल आर्मीको त्रिभुवन क्लबले सशस्त्र प्रहरी क्लबलाई दुई विकेटले पराजित गरेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : ०१ बजे

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 

काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने

न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात)  उपचारलाई व्यवस्थित र

‘कुलिङ पिरियड’मा गडबडीबारेको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को

भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

काठमाडौं– काठमाडौंस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता