ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण « Khabarhub

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बूढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीमा बसोबास गर्ने ६० वर्षमाथिका ५० जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जनमैत्री युवा क्लब र ‘नेक्स्ट स्मार्ट सपिङ’ को सहकार्यमा पुस्तान्तरण नेपालले आज स्वास्थ्य परीक्षण आयोजना गरेको हो ।

परीक्षणका लागि आउनुभएका अधिकांश ज्येष्ठ नागरिकमा मधुमेह र उच्च रक्तचापको समस्या देखिएको परीक्षणमा सहभागी डा विन्दु पाण्डेले जानकारी दिए ।

उनले भने, “शिविरमा ६० देखि ९० वर्ष उमेरका ५० जना आउनुभएको थियो । उहाँहरूमा सुगर, हड्डी खिइएको, प्रेसरलगायत समस्या देखियो । कतिपयले नियमित औषधि सेवन गरिरहनुभएको रहेछ । धेरै जसोका छोराछोरी रोजगारीका क्रममा विदेशमा रहनुभएकाले नियमित परीक्षण नगरेको पायौँ ।”

पुस्तान्तरण नेपाल ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा प्रदान गर्ने संस्था हो । ‘सम्मानित बुढ्यौली निर्माण’ भन्ने उद्देश्यले सञ्चालित संस्थाले ज्येष्ठ नागरिकका लागि यातायात, स्वास्थ्य, मनोरञ्जन तथा दिवा सेवा प्रदान गर्दै आएको अध्यक्ष प्रतिवेदन वैद्यले जानकारी दिए ।

हालै स्थापना भएको यस संस्थाले भविष्यमा ज्येष्ठ नागरिकको सहज जीवनयापनका लागि ‘ज्येष्ठ नागरिक भिलेज’ स्थापना गर्ने लक्ष्य राखेको उनले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : १९ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको