पोखरालाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि « Khabarhub

नेपाल सुपर लिग

पोखरालाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)को उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा शनिबार साँझ भएको फाइनलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि जितेको हो । ललितपुरले गत संस्करणमा पनि धनगढी एफसीलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो ।

ललितपुरको जितमा इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । खेलको ४२औँ मिनेटमा ललितपुरले सुरुवाती अग्रता लिएको थियो ।

मनोज राईले दिएको क्रसलाई इजिकेलले सिक्स यार्ड बक्सनजिकबाट हेड गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै ६४ औँ मिनेटमा पोखराका सुदिलले दोस्रो गोल फर्काएका थिए । भने ललितपुरका लागि खेलका ७४ औं मिनेटमा पापाले गोल गर्दै उपाधि दिलाए ।

जितसंगै ललितपुरले नगद ८० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाामा चित्त बुझाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : ३१ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको