आगामी तीन दिन पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह « Khabarhub

आगामी तीन दिन पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी तीन दिन देशभर वर्षा हुने जल तथा मौसम विभागले पूर्वानुमानगरेको छ ।

हाल मनसुनी न्यून चापीय रेखा को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पुर्वी र मध्य भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको महाशाखाले जनाएको छ । बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशका अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेग गर्जन सहित हल्का देखि मध्य वर्षा भइरहको छ । यो क्रम शुक्रवारसम्म जारी रहेन अनुमान गरिएको छ ।

मौसमविद्हरुले आज काठमाडौं र देशको अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ०१ गते (बुधबार)

दिउँसो: देशभरी सामान्य देखि पुर्ण बदली रही पश्चिम तथा मध्य भुभागका धेरै स्थानमा र बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

राती: देशको पश्चिमी तथा मध्यमा सामान्य देखि पुर्ण बदली र पूर्वी भू-भागमा सामान्य बदलि रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक/ दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०२ गते (बिहिबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

राति: देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ ।

असोज ०३ गते (शुक्रबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

राति: देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानमा मेघ गर्जन/चट्टयांग सहितको वर्षा हुने साथै देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहिरो जान सक्ने तथा नदिहरुमा पानीको वहाब बढ्न सक्ने भएकोले सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १० : ५८ बजे

कुलमान एक्सन : सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं –ठेक्का सम्झौता गर्ने तर काम नगरेर वषौंदेखि अलपत्र पारी

पार्टीलाई निर्णायक शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल 

काठमाडौं – नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय

पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको

एमाले महाधिवेशन : दिउँसो चार बजेपछि विद्युतीय मतदान, कहिले आउँछ परिणाम ?

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा