रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे कपको उपाधि « Khabarhub

रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे कपको उपाधि


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको छ। आइतबार बिहान भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई अतिरिक्त समयमा ३-२ को अन्तरले हराएको हो।

अतिरिक्त समय सकिन चार मिनेट बाँकी रहँदा बार्सिलोनाका लागि जुलोस कुन्डेले गोल गरे। यसअघि ८४ औँ मिनेटसम्म २-१ ले पछि परेको बार्सिलोनालाई खेलमा फर्काउने क्रममा फेरान टोरेसले गोल गरेका थिए। लामिन यमालले दिएको पासमा उनले गोल गरेका थिए।

२८ औँ मिनेटमा पेड्रीको सानदार गोलमा बार्सिलोना अघि बढेको थियो। संसारका दुई शक्तिशाली दुई टोलीको खेल तनावमय थियो। सो खेलमा केलिएन एम्बाप्पेले फ्रिकिकमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए। त्यसको सात मिनेटपछि नै एसियल थाउचेमेनीले रियलका लागि गोल गरेका थिए।

इन्जुरी समयको अन्तिम मिनेट अझ नाटकीय बनेको थियो। राफिन्हा बक्समा लडेपछि पछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिने निर्णय गरे पनि भिएआरमा हेरेर निर्णय उल्ट्याइएको थियो। अभिनय गरेको आरोपमा राफिन्हालाई पहेँलो कार्ड समेत देखाइको थियो।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : १२ बजे

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले