क्यानाडाको सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा मृत्यु हुनेको संख्या ८ पुग्यो « Khabarhub

क्यानाडाको सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा मृत्यु हुनेको संख्या ८ पुग्यो


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

टोरोन्टो– शनिबार राति भ्यानकुभरमा एक सांस्कृतिक कार्यक्रमको क्रममा ठूलो दुर्घटना भएको छ । 

तीव्र गतिमा रहेको कार भीडमा ठोक्काएकोले धेरैको ज्यान गएको र धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटना इस्ट ४१ औँ एभिन्यू र फ्रेजर स्ट्रिट नजिक राती ८ बजे भएको थियो । ‘लापु लापु डे’ नामको फिलिपिनो सांस्कृतिक महोत्सव चलिरहेको थियो, जसमा हजारौँ मानिसको सहभागिता थियो ।

प्रत्यक्षदर्शीका अनुसार कालो अडीको एसयूभी तीव्र गतिमा भीडमा अचानक प्रवेश गरेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार यस दुर्घटनामा एक बालक सहित कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

६ जनाभन्दा बढी गम्भीर घाइते भएका छन् र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले घटनास्थलबाट ३० वर्षीय स्थानीय व्यक्तिलाई पक्राउ गरेको छ ।

उनले नियतवश यस्तो गरेको हो वा अरु कारण थियो भन्ने खुल्न सकेको छैन । प्रहरीले यस विषयमा गहिरो अनुसन्धान गरिरहेको छ । भ्यानकुभरका मेयर केन सिम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

यो घटनाले फिलिपिनो समुदाय र भ्यानकुभर सहरको लागि गहिरो आघात हो।
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : ३० बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ

बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा