विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्छ : नेता सिटौला | Khabarhub Khabarhub

विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्छ : नेता सिटौला


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्ने बताएका छन् । 

आइतबार राष्ट्रिय सभाको अठारौँ अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा धारणा राख्दै सिटौलाले दलहरू ठूला दलहरू पटक पटक मिलेर सरकार चलाएको भन्दै परस्परको विश्वासलाई अविश्वासमा परिणत हुन दिन नहुने बताएका हुन् ।

उनले दलहरुबीचको मतभेदका कारण शान्तिप्रक्रियाका बाँकी काम अझै सम्पन्न हुन नसकेको धारणा राखे ।

आन्तरिक एकता कमजोर भए बाह्य शक्तिको हस्तक्षेप हुने र देश नै कमजोर हुन सक्ने भएकाले सरकारले प्रतिपक्षीसँग मिलेर शान्तिप्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गाउनुपर्ने उनले बताए । 

सिटौलाले प्रतिपक्षीले पनि विरोधका लागि विरोध मात्रै नभई रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । अहिलेको व्यवस्थालाई सफल पार्न सबै मिलेर नै अघि बढ्नुपर्ने उनको भनाइ छ । त्यस्तै सिटौलाले सरकारले देशले धान्न सक्ने गरी शिक्षकहरूको माग पुरा गर्ने भन्दै विद्यालय फर्कन आग्रह गरे ।

उनले राज्यको क्षमताका बारेमा समेत शिक्षकहरूले ध्यान दिनुपर्ने बताए । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : ४३ बजे

लिभरपुलको कीर्तिमानी : २० औं पटक जित्यो प्रिमियर सिपको उपाधि

काठमाडौं – लिभरपुलले २० औँ पटक इङ्ग्लिस प्रिमियर सिपको उपाधि

दिल्लीलाई हराउँदै आरसिबी शीर्ष स्थानमा: पाण्डेको अलराउण्ड प्रदर्शन, विराटको अर्धशतक

काठमाडौं – क्रुनाल पाण्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा रोयल च्यालेन्जर बंग्लोरु

सांसद योगेश एसियाली फोरम अफ पार्लियामेन्टेरियन्सको युवा समिति अध्यक्षमा निर्वाचित

पोखरा – प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली एसियाली फोरम

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल वैशाख १५ गते सोमबार। वैशाख