नेप्से परिसूचकमा सामान्य सुधार, १० अर्ब बढीको कारोबार « Khabarhub

नेप्से परिसूचकमा सामान्य सुधार, १० अर्ब बढीको कारोबार


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय ६१ दशमलव ६० को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको दुई करोड ८४ लाख ३८ हजार चार सय २८ कित्ता शेयर ८९ हजार एक सय ६१ पटक खरिदबिक्री हुँदा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ३८, जलविद्युत् एक दशमलव शून्य छ, लगानी एक दशमलव ७७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१, म्युचुअल फण्ड शून्य दशमलव २४ र व्यापार समूहको उपसूचक एक दशमलव १८ प्रतिशतले बढेको छ । अरु सबै समूहका उपसूचक घटेका छन् ।

बैंकिङ शून्य दशमलव ३९, विकास बैंक शून्य दशमलव शन्य दुई, वित्त एक दशमलव शून्य पाँच, जीवन बिमा शून्य दशमलव ११, लघुवित्त शून्य दशमलव ९४, निर्जीवन बिमा शून्य दशमलव ३३ र अन्य समूहको उपसूचक शून्य दशमलव ५७ प्रतिशतले घटेको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य रु ८६ करोड १७ लाख ३८ हजार बराबर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : १२ बजे

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा