राष्ट्रियसभा : शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण « Khabarhub

राष्ट्रियसभा : शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले विद्यालय शिक्षा विधेयकसम्बन्धीको काम चाँडोभन्दा चाँडो सम्पन्न गरेर आन्दोलनरत शिक्षकहरूलाई कक्षाकोठामा फकाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । 

विगत २६ दिनदेखि आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नुपर्नेमा उनीहरूले सरकारको  ध्यानाकर्षण पनि गराए । 
 
सांसद गङ्गाकुमारी बेल्बासेले शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गरी विद्यालय शिक्षासम्बन्धी विधेयक शीघ्र सभामा प्रस्तुत हुनुपर्ने बताइन्  ।
 
सांसद गोपीबहादुर अछामीले शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गर्न माग गर्दै लघुवित्त पीडित, सहकारपीडितको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।
 
सांसद मायाप्रसाद शर्माले गत चैत २० गतेदेखि शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायत माग गर्दै सडक आन्दोलन गरिरहेकाले  उनीहरूलाई विद्यालय फर्काउने वातावरण बनाऔँ भनिन् ।  

सांसद सुमित्रा बिसीले तीन प्रदेशलाई नै जोड्ने भुरीगाउँ– तेलपानी सडक निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : ३८ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा