‘सुदन किरातीको मन्त्री पद प्रचण्डले होइन, प्राधिकरणका डीजीले खाइदिए’ « Khabarhub

‘सुदन किरातीको मन्त्री पद प्रचण्डले होइन, प्राधिकरणका डीजीले खाइदिए’


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दोषीलाई पुरस्कार र निर्दोषलाई दण्डित गरिँदा अहिलेको व्यवस्थाप्रति जनतामा वितृष्णा बढेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्ने क्रममा सिंहले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नै तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको जागिर खाइदिएको दाबी गरेका छन् ।

‘सुदन किरातीको जागिर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले खाइदिएको होइन, त्यहाँको डिजी (नागरिक उड्ययन प्राधिकरण) ले खाइदिएको हो । यो कुरा हामीले देखेका छौँ’, उनले भने ।

उनले त्यसक्रममा नेताहरूले पैसाका लागि गैरकानुनी कामलाई बढावा दिइरहेको आरोप पनि लगाएका छन् ।

सिंहले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा अरबौँ रुपैयाँ ऋण लिइएको पनि बताए ।

उनले ती विमानस्थल ऋणमा बन्दा जनकपुर विमानस्थल किन बनेन भनेर पर्यटनमन्त्री बद्री पाण्डेलाई प्रश्न गरेका छन्।

‘मधेशको राजधानीस्थित जनकपुर विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा किन स्तरोन्नति गर्न सक्नुभएन ?’, उनले भने ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : ४२ बजे

मातातीर्थमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन मनाइने ‘आमाको मुख

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

धनुषा– मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । 

गैँडाको खागसहित चार जना पक्राउ

इनरुवा– सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

काठमाडौं– आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

मातातीर्थमा मातृभक्तको भीड

काठमाडौं– दिवङ्गत आमाको सम्झनामा  चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित