शिक्षक आन्दोलनमा मिसिए विपक्षी नेता (तस्बिरहरू) « Khabarhub

शिक्षक आन्दोलनमा मिसिए विपक्षी नेता (तस्बिरहरू)


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चैत २० गतेदेखि काठमाडौंमा निरन्तर आन्दोलित शिक्षकहरूको आन्दोलनमा विपक्षी दलका नेताहरूले पनि भौतिक रुपमै सहभागिता जनाउन थालेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माग पूरा नभएसम्म आन्दोलनको नेतृत्व गरिहेको शिक्षक महासंघलाई सडक नछाड्न यसअघि नै भनिसकेका छन् ।

सत्तारूढ नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीसहितले शिक्षक आन्दोलनमा घुसपैठ हुन थालेको बताइरहेको सन्दर्भमा सोमबार एउटा विपक्षी दलका नेताहरूले भौतिक रूपमै सहभागिता जनाएका छन् ।

संसद्‍मा विपक्षी दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सोमबार बिजुलीबजारस्थित आर्क ब्रिज क्षेत्रमा पुगेर शिक्षक आन्दोलनमा सहभागिता जनाएका हुन् ।

सत्तारूढ दलले तत्कालीन शिक्षा मन्त्री विद्या भट्टराईले तयार पारेको ७ बुँदे प्रस्ताव विपक्षी नेताहरूकै इशारामा शिक्षकहरूले अस्वीकार गरेको बताइरहेका छन् । यस्तोमा विपक्षी दलका नेताहरू शिक्षकहरूलाई साथ दिन सडकमै पुग्न थालेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी



प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १ : ३८ बजे

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका

असार नसकिँदै रित्तियो आँप

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो ।