क्युट उपासना (फोटो फिचर) « Khabarhub

क्युट उपासना (फोटो फिचर)


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चलचित्र ‘क्याप्टेन’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समय चर्चामा छिन् । उनले अभिनय गरेको दोस्रो चलचित्र ‘कबड्डी ३’ प्रदर्शनका क्रममा छ । उक्त फिल्ममा उपासनालाई दयाहाङ राईको अपोजिटमा देख्न पाइनेछ ।

दुई फिल्ममा अभिनय गरेर हजारौं फ्यान कमाएकी उपासनाले यो चलचित्रमा काम गर्न पाउँदा धेरै कुरा सिक्ने अवसर पाएको बताउँछिन् । उनी भन्छिन् – ‘कबड्डी ३’ मा काम गर्दा मैले धेरै कुरा सिक्ने अवसर पाएँ । अभिनय निखार्ने मौका पाएँ ।

आफू सौगात मल्लको प्रशंसक भएको बताउने उपासनाले ‘कबड्डी ३’ बाट अफर आएपछि निर्देशक रामबाबु गुरुङलाई पनि यो फिल्ममा सौगात मल्ल हुनुहुन्छ कि हुनुहुन्न भनेर सोधेको बताउँछिन् ।

आफ्नो सुन्दरताका कारण फ्यानको दिल जितेकी उपासना ‘कबड्डी ३’ बाट पनि उत्तिकै आशावादी छिन् । चलचित्र ‘क्याप्टेन’ मा पनि उनले निभाएको भूमिकामा तारिफ पाएकी उपासना सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ।

तस्वीरहरू: अदिप श्रेष्ठ

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १ : ११ बजे

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’

चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर

काठमाडौं– चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा चीनसँगको