शिक्षक आन्दोलनबारे माओवादीसहितका प्रतिपक्षले संसद्‍मा लगे जरुरी सार्वजनिक महत्वको प्रस्ताव « Khabarhub

शिक्षक आन्दोलनबारे माओवादीसहितका प्रतिपक्षले संसद्‍मा लगे जरुरी सार्वजनिक महत्वको प्रस्ताव


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं- नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले नेपाल शिक्षक महासंघको आह्वानमा २७ दिनदेखि जारी आन्दोलनलाई लिएर प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक रहेको उक्त जरूरी सार्वजनिक महत्त्वको प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवर, आमजनता पार्टीका सांसद प्रभु साह र राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसी समर्थक छन् ।

यी सांसदले विगतमा सरकार र महासंघबीचका सम्झौता कार्यान्वयन मागसहित भइरहेको शिक्षकहरूको आन्दोलनप्रति आफूहरूको गम्भीर ध्यानाकार्षण भएको बताएका छन् ।

समग्र शिक्षा क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण माग राखी स्थानीय तह, प्रदेश र राजनीतिक दलका केन्द्रीय कार्यालय हुँदै शिक्षा तथा मानवश्रोत विकास केन्द्रमा रिले अनशनपछि काठमाडौं केन्द्रित शिक्षक आन्दोलनबारे सरकार गम्भीर नभएको यी पाँच दलको निष्कर्ष छ ।

प्रतिपक्षी दलहरूले विद्यालय शिक्षा जस्तो महत्वपूर्ण विषयप्रति सरकारको बेवास्तालाई ‘गैह्रजिम्मेवारपूर्ण व्यवहारको द्योतक’ को संज्ञा पनि दिएका छन् ।

प्रतिपक्षी दलहरूले विभिन्न ६ वटा छलफल गर्नुपर्नाको कारण पनि प्रस्तावमा उल्लेख गरेका छन् । जसमा सरकार र महासंघसँगबीचका सम्झौता कार्यान्वयन गराउन, सार्वजनिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन, लाखौँ विद्यार्थीको पठन-पाठन सुचारु गर्न, गराउन र निर्धारित समयमा परीक्षा गराउन आवश्यक रहेको उल्ले छ ।

त्यस्तै, आन्दोलनरत चिकित्सकहरूको विषय पनि प्रस्तावमा समावेश गरिएको छ । चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयन गराउनु पनि जरुरी रहेको उनीहरूले जनाएका छन् ।

त्यसैगरी स्वास्थ्य सेवालाई गुणस्तरीय र शुलभ बनाउन उनीहरूको विषयमा छलफल गरिनुपर्ने प्रतिपक्षी दलहरूले सभामुख देवराज घिमिरेसमक्ष माग गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  २ : ४५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ