सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि « Khabarhub

सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पाल्पा- यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा १७ करोड बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको साउनदेखि चैत मसान्तसम्ममा सो कार्यालयले १७ करोड २३ लाख १५ हजार ४६५ राजस्व सङ्कलन गरेको हो ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट दुई करोड १० लाख ३७ हजार ४०० र सवारीसाधन करबाट १४ करोड ४८ लाख ६२ हजार ७४० सङ्कलन भएको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । प्रमुख घिमिरेले भने, ‘चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाहमा छिटोछरितो भएकाले चालु आव राजस्व सङ्कलनमा वृद्धि भएको हो ।’

कार्यालयले गत आवको सोही अवधिमा १४ करोड ७४ लाख राजस्व सङ्कलन गरेको थियो । उसले गत आव २०८०/८१ को असार मसान्तसम्म १८ करोड ७४ लाख ९६ हजार ४२५ राजस्व सङ्कलन गर्यो । जुन अहिले नौ महिनामै उक्त राजस्वको नजिक पुगेको छ । चालु आव सकिन अझ तीन महिना बाँकी रहेकाले राजस्व गत वर्षको तुलनामा बढ्ने निश्चित छ । जहाँ अघिल्लो पूरै आवमा चालक अनुमतिपत्र, सवारी दर्ता किताबबाट दुई करोड ४५ लाख २८ हजारमात्र सङ्कलन भएको थियो ।

त्यसैगरी, अघिल्लो पूरै आवमा सवारीसाधनबाट १५ करोड ४७ लाख ४३ हजार ७३५ राजस्व  सङ्कलन भएको थियो । जुन चालु आवको चैत मसान्तसम्ममै उक्त सङ्कलनको नजिक पुगेको छ । यस्तै चालु आवको नौ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १८ लाख ४६ हजार ७०० र आयकरतर्फ ४५ लाख ६८ हजार ६२५ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख घिमिरेले बताए । अघिल्लो आवको पूरै महिना कार्यालयले आयकरतर्फ ५६ लाख ५८ हजार ६६० सङ्कलन गरेको कार्यालयको सहायक कम्प्युटर अपरेटर सम्झना तिमिल्सिनाले जानकारी दिइन् । उनका अनुसार चालु आवको नौ महिनाको तुलनामा गत वर्ष सोही अवधिमा समग्रमा करिब चार करोडभन्दा कम राजस्व सङ्कलन भएको थियो ।

हाल कार्यालयले सवारी कर, सवारी नवीकरण दस्तुर, रुटपरमिट, सवारी जाँचपास शीर्षकमा आयकर सङ्कलन गर्ने गरेको छ । कार्यालयले चालु आवको चैत समान्तसम्ममा चालक अनुमतिपत्रतर्फ दुई हजार ३२५ वटा नयाँ लाइसेन्स, पाँच सय ३१ वटा थप वर्ग, छ हजार ३४६ रिट्रायल, दुई हजार ९१ वटा लाइसेन्स नवीकरण र दुई हजार ८३१ लिखितबाट राजस्व सङ्कलन गरेको छ । सवारीतर्फ २४ हजार ६८ वटा सवारी नवीकरण, तीन हजार ४० पटके, नौ सय चार जाँचपास र नौ सय ६७ वटा रुट परमिट नवीकरण गरेको पनि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १० : १८ बजे

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा– गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ– चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख भेटी

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको