निर्देशक चौहानलाई प्रश्न – फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर हेर्दा ‘जारी’को झल्को किन ? « Khabarhub

निर्देशक चौहानलाई प्रश्न – फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर हेर्दा ‘जारी’को झल्को किन ?


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विपीन कार्की र मिरुना मगर केन्द्रीय भूमिकामा रहेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण पक्षले मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा कार्यक्रम आयोजना गरी वैशाख २६ बाट प्रदर्शनमा आउने यस फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरले गुरुङ समुदायकी युवती र काफ्ले थरका व्यक्तिको प्रेममा आधारित कथामा फिल्म बनेको प्रष्ट पारेको छ ।

म्युजिक भिडियो निर्माण गरी चर्चा कमाएको आर्टमाण्डू प्रालिको ब्यानरमा बनेको यो पहिलो फिचर फिल्म हो । फिल्मका निर्देशक र लेखक नवीन चौहना हुन् ।

निर्देशक चाहौनका अनुसार यो फिल्मको छायाङ्कन पाँचथर जिल्लामा गरिएको थियो । ट्रेलर सार्वजनिक पछिको प्रश्नोत्तरका क्रममा चौहानलाई ‘ट्रेलर हेर्दा जारीको झल्को आयो, किन ?’ भनी प्रश्न गरिएको थियो ।

चौहानले ‘जारी’ र ‘ऊनको स्वीटर’को छायाङ्कन एकै गाउँपालिकामा भएको र पूर्वकै कथा भएकाले उक्त फिल्मको झल्को आउनु स्वाभाविक भएको बताए ।

‘निर्देशनको सिर्जना र कथावस्तु जारीसँग मिल्दैन । यसमा ढुक्क हुन म आग्रह गर्छु’, उनले थपे ।

‘जारी’कै नायिका मिरुना यस फिल्ममा पनि शीर्ष भूमिकामा रहेकाले उक्त फिल्मको झल्को आएको हुन सक्ने उनले तर्क गरे ।

नायिका मिरुना मगरले भने फिल्म राम्रो बनेको दाबी घुमाउरो पाराले गरिन् । भनिन्, ‘ऊनको स्वीटरजस्तै न्यानोपन दर्शकसम्म पुर्‍याउने प्रयास गरेकी छु ।’

नायक विपीन कार्की भने छायाङ्कनमा रहँदा सहयोग गर्ने पाँचथरवासीलाई स्मरण गरे ।

यस फिल्ममा नायिका परीक्षा लिम्बू र एलेक्स पारस पनि मुख्य भूमिकामा छन् । उनीहरूसहित विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ र प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ८ : ४६ बजे

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन