बुधबार कृष्णको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

बुधबार कृष्णको पूजा गर्नुहोस्


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख १७ गते बुधबार। वैशाख शुक्ल पक्षको तृतीया थिति। तदनुसार सन् २०२५ अप्रिल ३० तारिख। अक्षय तृतिया। सातु बाड्ने दिन। लुभुमा महालक्ष्मी भैरव यात्रा। शिव पार्वती विवाह।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।

-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।

-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : २० बजे

आँखा स्वास्थ्यलाई बीमा कार्यक्रममा समायोजन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा

बिरामीको उपचारमा संलग्न चिकित्सकले आफ्नो विवरण खुलाउनु पर्ने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीहरूको उपचारमा संलग्न सबै सरकारी

गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन : प्रचण्ड

कञ्चनपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना

प्रि ओपन सेसन : झिनो अङ्कले घट्याे नेप्से

काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल