धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही  « Khabarhub

धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही 


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकमा धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् ।

गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले पछिल्लो समय नेपालको धर्म, संस्कृति, संस्कार र परम्परामाथि धावा बोलिँदै आएकाले यसको संरक्षण गर्नुपर्ने समय आएको बताएका हुन् ।

उनले भने, ‘हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको छ । अब धर्म बचाउन, परम्परा बचाउन, माता सीताको जन्मभूमि बचाउन, ३३ कोटी देवीदेवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक छ । किनभने यो पृथ्वी सनातनको देश हो । आज छोरी चेलीहरू बलात्कृत भएका छन् । केही मान्छेहरूले यो देशमा धर्म संस्कार हुँदैन भने त्यसैको परिणाम हाम्रा छोरीचेलीहरूले भोग्नुपरेको छ । हामीले हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ ।’

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १० : ३७ बजे

ज्येष्ठ नागरिकलाई झुल वितरण

टीकापुर– टीकापुर नगरपालिकाले एक नम्बर वडाका १५० जना ज्येष्ठ नागरिकलाई

सरकारले सुकुम्वासीलाई १५ हजार रुपैयाँ घरभाडा दिएपनि कोठा चाहिँ कसले दिने ?

काठमाडौँ- सरकारले गत वैशाख ११ गते काठमाडौंको थापाथली र गैरीगाउँलगायत

मिथिलामा आज ‘वटसावित्री’ पर्व मनाइँदै

महोत्तरी– मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वटसावित्री

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको