रेशम पक्राउ पर्दा देखिइनन् रञ्जिता « Khabarhub

रेशम पक्राउ पर्दा देखिइनन् रञ्जिता


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ पर्दा अध्यक्ष रञ्जिता श्रेष्ठ त्यहाँ देखिएकी छैनन्। 

नाउपाका संरक्षक चौधरीलाई अहिले प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागार लगेको छ। जनमत र नाउपा पार्टी घोषणा हुने कार्यक्रम भएपनि अहिलेसम्म रञ्जिता श्रेष्ठ कार्यक्रम स्थल नपुगेका र श्रीमान पक्राउ पर्दा पनि उनी त्यहाँ नदेखिएको नेताहरूको भनाइ छ । 

यसबारे श्रेष्ठले अहिलेसम्म मुख खोलेकी छैनन् । श्रेष्ठ निकट स्रोतका अनुसार उनी काठमाडौँमै भएको तर कार्यक्रम स्थलमा नपुगेको बताइएको छ। 

टीकापुर काण्डका मुख्य आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेल मुक्त भएका थिए। सर्वोच्च अदालतले त्यसको फैसला कार्यान्वयन गर्दै पुन चौधरीलाई  पक्राउ गर्न आदेश दिएको बुझिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्टयाएपछि उनी पक्राउ परेका हुन् ।

 ‘आममाफीको फैसला सर्वोच्चले उल्टयाएपछि उनलाई पक्राउ गरिएको हो ।’ बोहराले भने, ‘हामीलाई पक्राउ गर्ने आदेश दिएपछि हामीले पक्राउ गरेर डिल्लीबजार कारागारमा सुरक्षित उहाँलाई बुझाएका छौं।’

आज जनमत र नाउपाबीच पार्टी एकीकरणको तयारी भइरहेका बेला चौधरी पक्राउ परेपछि कार्यक्रम नै स्थगित भएको छ । 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : ५३ बजे

किन पक्राउ परे शेखर गोल्छा ?

काठमाडौं- व्यवसायी शेखर गोल्छालाई धितोपत्र सम्बन्धी कसूरमा पक्राउ गरिएको प्रहरीले

गोरखा सङ्ग्रहालय : एक लाख बढी पर्यटकले गरे अवलोकन

गोरखा– गत वर्ष २०८२ मा एक लाख ३३ हजार ९९१

बागमती मन्त्रिपरिषद् बैठक : मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल

मकवानपुर– बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको

सुधन गुरुङको २६ दिने काउन्टडाउन : कति काम गरे, कति विवादमा परे ?

काठमाडौं- बालेन्द्र शाह नेतृत्वमा दुईतिहाइ नजिकको सरकार गठन भएको महिना

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जामन्त्री समक्ष पेस

काठमाडौं– ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ को प्रतिवेदन उर्जा,