गण्डकी प्रदेशमा बजेटको तयारी | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा बजेटको तयारी


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माणका लागि तयारी थालेको छ । 

बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरुसँग पूर्वतयारी छलफल भइरहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिए । नवलपुर र तनहुँमा बजेट पूर्वतयारी छलफल भइसकेको उनको भनाइ छ । 

‘निजी क्षेत्रका उद्योगी, व्यवसायी र अर्थ विज्ञसँग पनि बजेट निर्माणबारे छलफल भइरहेको छ’, महाशाखा प्रमुख रिज्यालले भने, ‘आगामी जेठ १ देखि ११ गतेसम्म विषयगत मन्त्रालयसँग छलफल गर्दैछौँ ।’

 बजेट निर्माणमा सम्बन्धित निकाय र सरोकार भएका पक्षहरूको अपेक्षा र रायसुझाव लिइएको उनले बताए। 

छलफलका क्रममा स्थानीय तहहरूले बजेट समावेशी र प्रभावकारी बनाउन सुझाव दिएको उनको भनाइ छ । 

‘बजेट निर्माणको प्रक्रियालाई सहभागितमूलक बनाउन पूर्वतयारी छलफलले मन्त्रालयलाई महत्वपूर्ण सहयोग पुगेको छ’, उनले भने।

चालु आवको तुलनामा आगामी आवको बजेटको आकार घट्ने देखिएको उनको भनाइ छ । समानीकरण अनुदानमा भएको कटौती र राजश्व खुम्चँदा बजेट घट्ने भएको हो । 

चालु आवमा प्रदेश सरकारले ३२ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । आगामी आवका लागि २९ अर्ब ५० करोड बराबरको बजेट ‘सिलिङ’ तोकिएको महाशाखा प्रमुख रिज्यालले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : ०६ बजे

सरकारसँग सहमतिपछि शिक्षकहरुको आन्दोनल स्थगित

काठमाडौं – शिक्षकहरुको आन्दोलन स्थगित भएको छ । सरकारसँगको सहमतिसँगै

जारी अधिवेशनबाटै शिक्षा ऐन पारित गर्ने प्रतिबद्धता

काठमाडौं – सरकारले जारी अधिवेशनबाटै शिक्षा ऐन पारित गर्ने प्रतिबद्धता

शिक्षक महासंघसँगको नौ बुँदे सहमति मन्त्रिपरिषद्बाट अनुमोदन

काठमाडौं – मन्त्रिपरिषद् बैठकले शिक्षकसँग भएको सहमति अनुमोदन गरेको छ

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको

ओलीसँग माधव नेपालका १३ माग, पूरा नभए आन्दोलन गर्ने

काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा सिनियर