पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ : मन्त्री पाण्डे « Khabarhub

पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ : मन्त्री पाण्डे


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने उद्घोष गरेका छन् ।

बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताएका हुन् । उनले अब चाडै नै उक्त मस्यौदालाई चाडै नै मन्त्रीपरिषद् हुँदै संसद्मा लैजाने प्रतिबद्धता व्यक्त गरे । 

पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरूको आस्थाको धरोहरको केन्द्रबिन्दु रहेको बताउँदै उनले पशुपतिनाथले नेपालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल भएको बताए ।

मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानको रूपमा रहेको पशुपति नाथलाई थप व्यवस्थित गर्दै अघि बढ्ने प्रतिबद्धता समेत दोहोर्‍याए  । पछिल्लो समय नराम्रा कुराको अत्यधिक प्रचार प्रसारका कारण राम्रा कुराहरू ओझेलमा परेको प्रति चिन्ता जाहेर गरे । 

पशुपति क्षेत्र कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले नराम्रा कुराको प्रचार हुँदा मुलुकबाट बौद्धिक व्यक्तित्वहरूको पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै मुलुक बनाउनका लागि बौद्धिक व्यक्तित्वहरूको आवश्यकता औँल्याए ।

त्यसै गरी उनले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी विकास कोष र पशुपति विकास कोषबीच एक आपसमा सहकार्य सहित अघि बढ्न सुझाए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : २५ बजे

ज्येष्ठ नागरिकलाई झुल वितरण

टीकापुर– टीकापुर नगरपालिकाले एक नम्बर वडाका १५० जना ज्येष्ठ नागरिकलाई

सरकारले सुकुम्वासीलाई १५ हजार रुपैयाँ घरभाडा दिएपनि कोठा चाहिँ कसले दिने ?

काठमाडौँ- सरकारले गत वैशाख ११ गते काठमाडौंको थापाथली र गैरीगाउँलगायत

मिथिलामा आज ‘वटसावित्री’ पर्व मनाइँदै

महोत्तरी– मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वटसावित्री

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको