हवाई प्राधिकरण सम्बन्धी विधेयक संशोधनको सूचना दर्ता | Khabarhub Khabarhub

हवाई प्राधिकरण सम्बन्धी विधेयक संशोधनको सूचना दर्ता


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१ मा संशोधनको सूचना दर्ता गरेका छन् । उनले प्रतिनिधिसभामा बुधबार विधेयकमा संशोधनको सूचना दर्ता गरेका हुन् ।   

सांसद बजगाईंले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ११३ (१) मा उल्लिखित शर्तको अधीनमा रही नियम ११२ बमोजिम विधेयकको प्रस्तावना दफा १२ को उपदफा २ मा संशोधन सूचना दर्ता गरेको बताए । 

उपदफा २ मा ‘प्राधिकरणले आफूअन्तर्गतको विमानस्थल नेपाल सरकारको स्वीकृत लिई कुनै सरकारी वा गैर-सरकारी निकाय वा प्रतिस्पर्धात्मक विधिबाट निजी क्षेत्रलाई करार सम्झौता, सार्वजनिक निजी साझेदारी वा प्राधिकरणसँग संयुक्त कम्पनी बनाई निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न दिन सक्ने छ,’ थप गर्नुपर्ने दर्ता सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : २५ बजे

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता

अमेरिकामा बाढीले १३ जनाको मृत्यु

टेक्सस – अमेरिकाको टेक्सस सहरमा आएको बाढीका कारण १३ जनाको

१७ वर्षपछि एकै फिल्ममा काम गर्दै अक्षय र सैफ

काठमाडौं – बलिउडका दुई नायक अक्षय कुमार र सैफ अली

पाँच प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विराट र रोहितपछि भारतको क्रिकेटमा शुभमन र वैभवको चमक

भारतीय क्रिकेट समर्थकका माझ एउटा प्रश्न तेर्सिएको थियो। एकै पटक