रुसका लागि लडिरहेका ६०० उत्तर कोरियाली सैनिक मारिए « Khabarhub

रुसका लागि लडिरहेका ६०० उत्तर कोरियाली सैनिक मारिए


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

सियोल– प्योङयाङले मस्कोलाई सहयोग गर्न सेना तैनाथ गरेको आधिकारिक पुष्टि गरेपछि युक्रेनविरुद्ध रुसका लागि लडिरहेका छ सय उत्तर कोरियाली सैनिक मारिएको र हजारौँ घाइते भएको सियोलका एक सांसदले बताएका छन् ।

‘अहिलेसम्म उत्तर कोरियाली सैनिकहरूको हताहती अनुमानित चार हजार सात सय रहेको छ, जसमा करिब छ सय जनाको मृत्यु भएको छ’, संसद्को गुप्तचर समितिका सदस्य सांसद ली सेओङ–क्वेनले देशको जासुसी एजेन्सीद्वारा दिइएको ब्रिफिङपछि पत्रकारहरूलाई भने।

उत्तर कोरियाले सोमबार पहिलो पटक रुसमा सेना तैनाथ गरेको पुष्टि गरेको छ । सरकारी समाचार एजेन्सी केसिएनएले प्योङयाङका सैनिकहरूले मस्कोलाई रूसी सीमावर्ती क्षेत्र कुर्स्कमा युक्रेनी नियन्त्रणमा रहेको क्षेत्र पुनः प्राप्त गर्न मद्दत गरेको रिपोर्ट गरेको छ ।

सियोल र वासिङ्टनले प्योङयाङलाई सहयोगका लागि थप सेना र हतियार पठाएको आरोप लगाए पनि दुवै देशबाट महिनौँको आधिकारिक मौनतापछि मस्कोले उत्तर कोरियाको सहभागितालाई छुट्टै पुष्टि गरेको थियो ।

यस वर्ष करिब दुई हजार सैनिकलाई आणविक हतियार भएको उत्तर कोरियामा फिर्ता लगिएको लीले बताए। उनीहरूलाई अहिले प्योङयाङ र देशभरका अन्य स्थानहरूमा एकान्तवासमा राखिएको बताइएको छ ।

‘मारिएका सैनिकका शवहरू उत्तरमा फिर्ता लैजानुअघि स्थानीय रूपमा कुर्स्कमा जलाइएको बुझिएको छ’, उनले भने ।

‘उत्तर कोरियाले दुई चरणमा १८ हजार सेना परिचालन गरेर रुसलाई कुर्स्क पुनः कब्जा गर्न सहयोग गर्‍यो’, लीले भने। मार्चदेखि यस क्षेत्रमा झडपको सङ्ख्या घटेको छ ।

उनका अनुसार उत्तर कोरियाली सेनाभित्र अत्यधिक मदिरा सेवन र चोरीसहित दुर्व्यवहारका खबरहरू आएका छन् । 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : ४४ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको