गृहमन्त्री लेखकसँग भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेको भेट « Khabarhub

गृहमन्त्री लेखकसँग भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेको भेट


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले भेट गरेका छन् । चौथाइवालले बुधबार गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेट गरेका हुन् ।  

गृहमन्त्री लेखकले भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग गृह मन्त्रालयमा भएको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन् । 

‘भेटको क्रममा नेपाल र भारतबीचको बहुआयामीक सम्बन्धलाई थप सुदृढ बनाउनेबारे निकै सकारात्मक छलफल भयो,’ उनले लेखेका छन्, ‘डा. चौथाईवालेजीको नेपाल भ्रमण र भेटघाटहरूले द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव पार्ने मैले विश्वास गरेको छु ।’

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले बुधबार बिहान मात्रै तीन दिने भ्रमणका लागि काठमाडौं पुगेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : २१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका