कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा « Khabarhub

कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको प्रदेश लगानी सम्मेलन २०८१ का सम्पूर्ण तयारीहरू पूरा भएको प्रदेश लगानी प्राधिकरणले जानकारी दिएको छ । 

वैशाख १८ र १९ गते विराटनगरमा हुने सम्मेलनमा लगानी सम्मेलनमा ५४ वटा परियोजनाहरू शोकेसमा राखिएकोमा अहिले बढेर ७१ वटा परियोजनाहरू पुगेको र करिब १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी बारे छलफल हुने जानकारी दिइएको छ ।

बुधबार विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सम्मेलन प्रदेशको समृद्धिको महत्त्वपूर्ण आधार बन्ने बताए ।

लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारले आवश्यक कानुन अध्यादेश मार्फत संशोधन गरेको र १६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको उनले बताए ।  

सो सम्मेलनमा पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि लगायतका विविध क्षेत्रका परियोजनाहरू समावेश गरिएका छन् ।

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले  कार्यक्रममा २० भन्दा बढी देशका लगानीकर्ता, एनआरएनए तथा निजी क्षेत्रका प्रतिष्ठित व्यवसायीहरूको उपस्थिति हुने जानकारी दिए  । 

कोइरालाले सम्मेलनमा प्रस्तुत परियोजनाहरूको सम्भावना, लगानीको ढाँचा तथा प्रदेश सरकारको भूमिका विषयमा विस्तृत छलफल हुने बताए । 

कोशी प्रदेशको औद्योगिक विकास, रोजगारी सिर्जना र दिगो आर्थिक समृद्धिका लागि यो सम्मेलन ऐतिहासिक कदमको रूपमा हेरिएको आयोजकले जनाएको छ । सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : ५२ बजे

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा